एनएमबिका ग्राहकले अब बुद्ध र यती एयरमा क्यासब्याक पाउने
मेरोन्यूज
२०७९ भदौ २ गते ११:०९

काठमाडौं । आगामी चाडपर्वलाई लक्षित गर्दै एनएमबि बैंकले अहिलेदेखि नै क्यासब्याक अफर ल्याएको छ ।
एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा ने.रु. क्रमशः ३५० र ५०० क्यासब्याक सुविधा पाउने भएका छन । क्यासब्याक सुविधाका लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डमा ई-कमर्स सक्रिय गर्नु पर्ने छ ।
यो सुविधा सिमित अवधिका लागि मात्र उपलब्ध रहने बैंकले जनाएको छ । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरू ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुटसम्बन्धि थप जानकारीका लागि card@nmb.com.np/call@nmb.com.np मा इमेल गर्न सकिने बैंकले जनाएको छ ।
एनएमबि बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटीएमहरू, ११ एक्सटेन्सन काउन्टरमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया