नागरिकता विधेयकमा एमालेले राजनीति मात्रै गर्न खोज्यो : बर्षमान पुन

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन अनन्तले नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्ष एमालेले राजनीतिक गरिरहेको आरोप लगाएका छन् । नागरिकताबाट बञ्चित नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी आएको सो विधेयक संसदबाट पारित गराउन एमालेलाई पनि सहयोग गर्न आग्रह पुनले गरे ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै नेता पुनले वैबाहिक अंगीकृत नागरिकताको विषयमा पछि पनि छलफल गरेर त्यसलाई परिमार्जन गर्न सकिने भएकाले अहिलेलाई सो विधेयक पारित गराउने काममा सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने बताए ।
‘गृहमन्त्रीजीले यो विधेयक मुलुकको आवश्यक्ताको लागि ल्याइएको भन्नु भएको छ । खासगरी यसमा लाखौं नेपाली नागरिकहरु जसको बुबा नेपाली नागरिक हो । जसले जन्मको आधारमा नागरिकता प्राप्त गरिसकेको छ । उहाँहरुका छोराछोरीहरु अथवा त्यस्ता नागरिकका छोराहरुले नागरिकता नपाएको अवस्थामा विदेश भ्रमणको अवस्था होला वा कुनै बैंक एकाउन्टको कुरा होला । एउटा सामान्यसामान्य दैनिक जिवनका कुराहरु, अप्ठ्याराहरु भोगिराखेको सन्दर्भमा फुकाउनका लागि ल्याइएको हो र अरु केही जरुरी कुराहरु मात्रै यसमा राखिएको छ । बाँकि यसलाई आगामी दिनमा राष्ट्रिय सहमती बनाएर बाँकि विषयहरु खासगरी बैबाहिक अंगीकृत लगायतका विषयमा फेरी प्रस्तुत हुन्छ सरकार भनिएको छ । यो कुरालाई आत्मासात गर्दै, मनन् गर्दै अगाडि बढनुपर्छ भन्ने मलाई लाग्छ,’ पुनले भने ।
उनले २०७५ मा प्रस्तुत गरिएको नागरिकता विधेयकका बेला आफैं क्याविनेटमा रहेको स्मरण गदैं पुनले भने,–‘पूर्ववक्ता माननीय सदस्यहरु पनि क्याविनेटमा हुनुहुन्थ्यो । जहाँ यो वैबाहिक अंगीकृतको बारेमा कुनै व्यवस्था थिएन । पछि हाउसमा, समितिमा प्रस्तुत भयो, छलफल भयो । केही नयाँ व्यवस्थाहरु भए त्यसमा । तर सहमती बन्न सकेन । बहुमतले पास गरेर ल्यायो । त्यो कुरा तत्कालीन माननीय केपी ओली नेतृत्वको सरकारले प्रस्तुत ग¥यौ । सम्माननीय शेरबहादुर देउवा नेतृत्वको सरकार आयो । स्वभाविक रुपमा पुरानो विधेयकलाई नयाँ सरकारले अर्न नगर्दा फिर्ता हुन्छ । यो पनि सामान्य प्रक्रिया हो । यो माननीयजीहरुलाई जानकारी भएकै कुरा हो । त्यसैले नागरिकताजस्तो संवेदनशील विषयलाई यतातिर राजनीतिक विषय नबनाऔं । बरु, परिमार्जन गरेर जाने विषयमा सँगसँगै काम गरौं भन्ने कुरा पनि म प्रतिपक्ष दलका माननीयजीहरुलाई आग्रह गर्दछु ।
नेता पुनले केपी ओली नेतृत्वको सरकारले संसदमा प्रस्तुत गरेको सो सम्बन्धि विधेयकलाई वर्तमान सरकारले अपनत्व ग्रहण नगरेर फिर्ता लिनु संसदीय प्रक्रिया भित्रकै कुरा भएको उल्लेख गर्दै त्यसलाई अन्यथा लिन नमिल्ने तर्क गरे ।

















विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
पैदलयात्रु कुट्ने कार चालक पक्राउ
निर्वाचन आचारसंहिता बन्देज नभई चुनावलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउने माध्यम हाे: निर्वाचन आयुक्त भण्डारी
रूस‑यूक्रेन युद्ध : जेनेभामा शान्ति वार्ता सुरु, गतिरोध कायमै
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
निर्वाचन १८ दिन बाँकी : आजदेखि यही फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
आईसीसी टी–२०विश्वकप : आज वेस्ट इन्डिजसँग भिड्दै नेपाल
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
प्रतिक्रिया