कोरोना फैलिएपछि जापानमा आत्महत्या बढ्यो

काठमाडौँ । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्चदेखि सन् २०२२ जून सम्ममा जापानमा आत्महत्या गर्नेको सङ्ख्या आठ हजार ८८ पुगेको अनुसन्धाताको एक समूहको रिपोर्टलाई उद्धृत गरी जापानी समाचार संस्थाले जनाएको छ ।
अनुसन्धान रिपोर्टअनुसार आत्महत्या गर्ने अत्यधिक व्यक्ति २०–३० वर्ष उमेरका युवती भएको पाइएको छ । कोभिडले २० वर्षभन्दा मुनिका किशोरीहरू पनि उल्लेख्य सङ्ख्यामा प्रभावित बनेको जनाइएको छ । विवरणअनुसार उक्त अवधिमा महिला पुरूष गरी एक हजार ८३७ युवाले आत्महत्या गरेका थिए भने एक हजार ९२ युवती रहेका थिए ।
महामारीले भएका भनिएका ३७७ आत्महत्यामध्ये १९ वर्ष वा सोभन्दा कम उमेरका २८२ जना रहेका छन् । टोकिया विश्वविद्यालयका सह प्राध्यापक ताइसुके नाकाताले क्योदोसँग भने, ‘पुरुषको तुलनामा नियमित काम नगर्ने महिलाहरू आर्थिक रूपमा बढी प्रभावित हुन्छन्, जबकि व्यवहारिक प्रतिबन्धका कारण युवाहरू आइसोलेसनमा बस्न बाध्य हुने सम्भावना बढी हुन्छ ।’
















विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
काठको मुढाले च्यापिएर बालकको मृत्यु
हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया