माछा मार्न जाँदा करेन्ट लागेर दुईको मृत्यु, एक घाइते
मेरोन्यूज
२०७९ भदौ ३ गते १०:२४

तनहुँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पाल्पा निस्ती गाउँपालिका– ५ घर भई हाल शुक्लागण्डकी–२ कोत्रेस्थित बंगुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र उनका ९ महिनाका छोरा आदि ब्याम्बोको मृत्यु भएको हो ।
बिहीबार बेलुकी गुहेखोलामा विद्युतीय तारको प्रयोग गरी माछा मार्न गएका बेला उक्त दुर्घटनामा चित्रबहादुरकी १९ वर्षीया श्रीमती दिलमाया ब्याम्बो भने सख्त घाइते भएकी छन् ।
घाइते भएकोमा बाबु र छोराको उपचारका क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बिहीबार साँझ साढे ७ बजे मृत्यु भएको हो भने भने घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
अराजकता मच्चाउनेलाई कारबाहीको दायरामा ल्याएरै छोडिन्छ : ओली
प्रतिक्रिया