प्लटिङमा पहिरो (फोटोफिचर)

शहरमा खाली ठाँउ छैन । जग्गा व्यावसायीले काठमाडौंको काँठका कुना काप्चा र पहाडका कान्लामा समेत जग्गा प्लटिङ गरिसकेका छन् । पहाडका भीरमा सरकारी मापदण्ड र अनुमति बिना बनाइएको यी प्लटिङ वर्षाको पहिरोले बगाएको छ ।
वर्षे भेल पस्दा सबैजसो प्लटिङ काम नलाग्ने भएर बगेको छ । पहिरोका कारण सबैजसो प्लटिङमा बसोवास गराउँदा ठूलो क्षति हुने सम्भावना छ । निजी क्षेत्रलाई व्यवस्थित बसोवासका लागि जग्गा टुक्रा पारेर प्लटिङ गरेर बिक्री वितरण गर्नदिने कानूनी व्यवस्था छैन । स्थानीय सरकारसँग जग्गा सम्याउने अनुमति लिएर व्यावसायीले मालपोतसँग साँठगाँठ गरेर जग्गा कित्ताकाट गरेर प्लटिङ गर्दै आइरहेका छन् ।
अव्यवस्थित रूपमा गरिएको प्लटिङका कारण वर्षेनी बाढीले बबन्डर मच्चाउने गरेको छ । बर्खायाम शुरु भएपछि बस्तीहरु अव्यवस्थित प्लटिङकै कारण जोखिममा परिरहेका छन् । काठमाडौंका सिमित क्षेत्रमात्र होइन, प्लटिङको समस्या उपत्यकाभर नै छ । काठमाडौं उपत्यकाका मुख्य नदी र खोलाको नै अवस्था उही हो । अव्यवस्थित प्लटिङका कारण भौतिक संरचनासँगै स्थानीयवासीको अन्नबालीमा पनि ठूलो क्षति पुगेको छ । प्लटिङ गर्नलाई खोलाको बगरसमेत छोडिएको छैन ।
प्लटिङले जथाभावी समस्या सिर्जना गरिरहेपनि स्थानीय सरकार मौन छ । साथमा स्थानीयहरु पनि मौन बस्न बाध्य छन् । खेतीयोग्य जमिनमा जथाभावी खण्डीकरण रोक्न सरकारले वि.सं.२०७४ साउन २६ मा कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्रीवितरण गर्न÷गराउन नपाउने निर्णय गरेको थियो । उक्त निर्णयले सर्वसाधारणलाई समस्या भएको र भूमाफियासमेत मौलाएको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानून तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो ।
मन्त्रालयको नयाँ निर्देशनमा स्थानीय तहबाट खेतीयोग्य जग्गा होइन भन्ने लेखी आए कित्ताकाट गर्न सकिने व्यवस्था छ । जथाभावी प्लटिङका कारण अहिले धेरै समस्या सिर्जना भएका छन् । प्लटिङ गरिएका जग्गामा पहिरो गएको छ भने बस्ती नै जोखिममा परिरहेको छ । न्युज एजेन्सी नेपालले आजको फोटो फिचरमा यिनै समस्यालाई दृश्यचित्रमा कैद गरेको छ । काठमाडौं उपत्यकामा अवैध प्लटिङमा गएको पहिरो आजको फोटो फिचरमा ।






























बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, स्थिति तनावग्रस्त
15 days to go for voting: EC appeals to all not to misuse technology
सुनचाँदीको मूल्य घट्यो, आजकाे कारोबारकाे मूल्य कति ?
रास्वपाकी मधेश प्रदेश संस्थापक सभापतिले छोडिन् पार्टी
अण्डाको मूल्य बढ्यो
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया