फेसबुक अकाउन्ट ह्याक गरेर २ लाख बढी ठगि, ३ जना पक्राउ

काठमाडौं । फेसबुक अकाउन्ट ह्याक गरेर ठगी गरेको आरोपमा सुनसरी प्रहरीले झापाको भद्रपुरबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–६ घर भएका १९ वर्षका आशिष विष्ट, १९ वर्षीय प्रवीण राजवंशी र १८ वर्षका भावेश राजवंशी छन् ।
सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर–२ बस्ने डिल्लीबहादुर राउतको अकाउन्ट ह्याक गरेर उनीहरुले रकम ठगेको अनुसन्धानबाट थाहा भएको छ । फेसबुक अकाउन्ट ह्याक गरेर आरोपीहरुले पीडितको म्यासेन्जरबाट पीडितकै साथीहरुलाई आफु ‘समस्यामा परेको’ भनेर म्यासेज पठाएर ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
म्यासेन्जर दुरुपयोग गरेर आरोपीहरुले इसेवा आईडीमा रकम पठाउन आग्रह गरेर ठग्ने गरेका थिए । भदौ १ मा झापाको भद्रपुरबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीले उनीहरुबारे अनुसन्धान गरिरहको छ । सफ्टवेयर बनाएर सामाजिक सञ्जालमा ‘ब्युटी कन्टेस्ट’ मा भोट दिन आग्रह गरेर पीडितलाई झुक्याएर अकाउन्टमा अनधिकृत प्रवेश गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
फेसबुकको पासवर्ड चोरी गरेर आरोपीहरुले बिरामी भएको बहना बनाएर रकम माग्ने गरेका थिए । उनीहरुले अहिलेसम्म २५ वटा अकाउन्ट ह्याक गरेर २ लाखभन्दा बढी रकम ठगेको अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाए ।
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
प्रतिक्रिया