मंगलबार, माघ ६, २०८२

आइएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

मेरोन्यूज २०७९ भदौ ५ गते १७:३१

काठमाडौँ । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

प्रयोगकर्तालाई हरेक बुधबार आइएमई पे एपको १० प्रतिशत छुट (३५० रुपैयाँसम्म) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ । यसअघि आइएमई पे दराजको भुक्तानी पार्टनर रही विभिन्न छुट सम्बन्धित अफर र यसै ‘दराज वालेट डे’को पहिलो संस्करणसमेत जारी छ ।

दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको सम्झौताले पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्तालाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।

प्रतिक्रिया