रियलमी ९ प्रो फाइभ जी र रियलमी सी३० नेपाली बजारमा

काठमाडौँ । विश्वमै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्टफोन ब्राण्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभ जी रियलमी सी ३० लञ्च गरेको छ ।
लञ्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरी भने, ‘यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण स्मार्ट फोन सिरिज हो, किनभने यो, बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्ससहित नेपाली उपभोक्ताहरूले खोजेको मूल्यमा उपलब्ध छ ।’
रियलमी ९ प्रो फाइभ जी
इण्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइन युक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्री, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली फाइभ जी चिप सेट रहेको छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ ।
यसमा फाइभ जी प्रोसेसरमध्येको सबैभन्दा शक्तिशाली प्रोसेसर रहेको छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले रहेको छ । यसमा ६४ एमपीको ट्रिपल क्यामरा रहेको छ ।
पाँच हजरा एम्पियर को शक्तिशाली ब्याट्री भएको यो रियलमी ९ प्रो फाइभ जी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । यसको मुल्य ३८ हजार ९९९ रुपैयाँ रहेको छ ।
रियलमी सी ३०
एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी ३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई आकर्षक लुक त दिएको छ । यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले तीन गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ ।
यसमा पछाडिको क्यामरा ८ एमपीको छ भने अगाडिको क्यामरा ५ एमपीको छ । शक्तिशाली पाँच हजार एम्पियर को ब्याट्रीको साथमा प्रयोगकर्ताले चलाउन सक्छन् ।
यसको २/३२ को मूल्य १४ हजार ४९९ रुपैयाँ छ भने ४/६४ को मूल्य १९ हजार ९९९ रुपैयाँ रहेको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया