‘प्रदेश सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ’
काठमाडौँ । बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालले आजदेखि सुरु गरेको पाचौँ दसैँ जुत्ताचप्पल प्रवद्र्धन मेलाको उद्घाटन गर्दै उनले समृद्ध प्रदेश निर्माणका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने बताए ।
‘मुलुकमा औद्योगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन,’ उनले भने । प्रदेश सरकार उद्योगको विकासका लागि सधैँ अगाडि बढ्ने उनको भनाइ छ । उनले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए ।
उनले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माण गर्न प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने स्पष्ट पारे । मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योग विकास समिति प्रदेशका सबै जिल्लामा रहेको बताउँदै उक्त कार्यालयमार्फत औद्योगिक गतिविधि भइरहेको उल्लेख गरे । उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।
फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले जुत्ताचप्पल मेला आयोजना गरिएको जानकारी दिए ।
मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।
मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गरिएको बताए । उनले कोरोना महामारीका कारण धराशयी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्रान्डका एक हजार मोडलका जुत्ता पाउन सकिने छ । मेला भदौ २० गतेसम्म चल्ने छ ।

















बाँकेका सीमावर्ती पसलमा अवैध भारतीय ‘अण्डा’ फेला
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
Slight decline in gold, silver prices
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुन्छ : ओली
ऐरीको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
बस दुर्घटनामा परी हराइरहेकाहरूको खोजी तीव्र
लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर ८ मा
प्रतिक्रिया