रिक्त सचिव पदमा दुवाडीको बढुवा

काठमाडौँ । सरकारले एक वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेको नारायण शर्मा दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा भएका दुवाडीलाई सुदूरपश्चिम प्रदेशमा मुख्यसचिवमा खटाउने निर्णयसमेत भएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकले केही कार्यविधि समेत पास गरेको छ ।
सचिव पदमा बढुवाका लागि कार्य सम्पादन मूल्यांकनका आधारमा दुवाडीसहित दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस भएको थियो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरूको नाम सिफारिस गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्यालले अनिवार्य अवकाश पाएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त रहँदै आएको थियो ।

















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
काठमाडौँ प्रहरीको सक्रियता, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
प्रतिक्रिया