नेप्से परिसूचक झिनो अंकले गिरावट
मेरोन्यूज
२०७९ भदौ ६ गते १६:५६

काठमाडौँ । साताको दोस्रो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसूचक ७.४१ अंक घटेर २०५३.१३ बिन्दुमा झरेको हो ।
त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.४७ अंक, फ्लोट इण्डेक्स ०.५१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंक घटेको छ । आज कारोबारमा आएका २२२ कम्पनीको ५२ लाख ३० हजार कित्ता शेयर किनबेच भएको थियो ।
जसमा एक अर्ब ७२ करोड ६२ लाख रुपैयाँ बराबरको खरिद बिक्री भएको छ । सोमबार नेप्सेसँगै कारोबार रकमसमेत गिरावट आएको हो । आइतबार दुई अर्ब चार करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.२० प्रतिशत बढेको छ ।
सम्बन्धित

















इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि करिब २०० अमेरिकी सैनिक घाइते
उपराष्ट्रपतिद्वारा शोक व्यक्त
हत्याको अभियोगमा पक्राउ
नाइजेरियामा भएको आक्रमणमा २३ जनाको मृत्यु, सय भन्दा बढी घाइते
राष्ट्रपतिद्वारा शोक व्यक्त
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
रास्वपाले टुंग्यायो समानुपातिकका ५७ सांसदको नाम
प्रतिक्रिया