सोमबार, माघ ५, २०८२

बैंक अफ काठमाण्डूका ग्राहकलाई द बर्गर हाउसमा १२ प्रतिशतसम्म छुट

मेरोन्यूज २०७९ भदौ ६ गते १७:२९

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

Advertisement
thakur moters insidethakur moters inside

यस सम्झौतापश्चात् ग्राहकहरूले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवामा एकमुष्ठ १२ प्रतिशतसम्म छुट पाउनुे भएका हुन् । उक्त छुटको उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

प्रतिक्रिया