मंगलबार, माघ ६, २०८२

प्रभु क्यापिटलका ग्राहकलाई विशेष अफर

मेरोन्यूज २०७९ भदौ ६ गते १८:०४

काठमाडौँ । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकका लागि विशेष अफर ल्याएको छ । गत भाद्र १ देनि प्रभु क्यापिटल तथा ट्रांक्वालिटी स्पाका बीचमा सम्झौता भएको हो ।

Advertisement
thakur moters insidethakur moters inside

यस अफरअन्र्तगत प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रांक्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने छन् । यो योजनाबाट लाभ लिन ग्राहकले आफ्नो मोबाइलमा प्रभु क्यापिटल डिजिटल एप डाउनलोड गरी रजिष्टर भई आफ्नो डिम्याट खाता लिंक-कनेक्ट गर्नु पर्छ ।

हितग्राहीले चेक आउट वा बिल पेमेन्ट गर्दा प्रभु क्यापिटलको एपमा डिम्याट खाता लिंक भएको देखाउनु पर्ने छ । ट्रांक्वालिटी स्पाको रजिष्ट्रार कार्यालय लाजिम्पाट, काठमाडौंमा रहेको छ । यो योजना आगामी असार मसान्तसम्म सञ्चालन हुने भएको छ ।

नेपाली पूँजी बजारमा भिडिओ केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले समयानुसारकोे प्रविधि अपनाउँदै ग्राहकहरुलाई सेवा प्रदान गर्दछ ।

प्रतिक्रिया