बुधबार, फागुन ६, २०८२

फेसबुक ह्याक गरी ठगी गर्ने पक्राउ

मेरोन्यूज २०७९ भदौ ८ गते २०:३२

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी प्रोफाइमा आबद्ध साथी, आफन्त र सहकर्मीसँग रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी अनुसन्धान थालेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसरी पक्राउ पर्नेमा मोरङको शनिश्चरे नगरपालिका १० का २० वर्षीय किरण पाठक रहेका र उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्युरोले जनाएको छ ।

उनले विभिन्न डिजिटल पेमेन्ट गेटवेमार्फत १५ भन्दाबढी व्यक्तिसँग रकम जम्मा गर्न लगाई ठगी गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

प्रतिक्रिया