डान्स पार्टीको यसरी बचाउ गरिन फिनल्यान्डकी प्रधानमन्त्रीले

हेलसिन्की । यसै साता एउटा पार्टीमा गएर नाचेको भिडियो सार्वजनिक भएपछि विवादित बनेकी फिनल्यान्डकी प्रधानमन्त्रीले आफ्नो बचाउ गरेकी छिन् । भिडियोको आलोचना भएपछि ३६ वर्षीया सान्ना मारिनले आफूसँग निजी जीवनको अधिकार भएको बताएकी छिन् ।
‘म मानिस हुँ । यो कालो बादलबीच म पनि कहिलेकाही आनन्द, खुसीयाली र केहीलेकाही रमाइलो गर्न मन पराउँछु’ राजधानी हेलसिन्कीबाट उत्तरमा रहेको लहिटी सहरमा सोसल डेमोक्रयाटिक पार्टी ९एसडीपी०को कार्यक्रममा उनले भनिन् ।
‘यो निजी हो । यो आनन्द र जीवन हो’ उनले भनिन्, ‘तर, मैले एक दिन पनि आफ्नो काम कर्तव्यबाट बिमुख भएकी छैन् ।’ गत साता ‘निकै गा¥हो’ भएको उनले बताइन् ।
‘म विश्वास गर्न चाहन्छु कि मानिसहरूले हामीले हाम्रो फुर्सदको समयमा के गर्छौं भन्दा पनि काममा के गर्छौं भनेर हेर्नेछन्,“ उनले भनिन् ।
एउटा कार्यक्रममा मस्तसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनले लागूऔषध सेवन गरेको अनुमान गरिएको थियो । त्यसलगत्तै उनले ड्रग टेस्ट परीक्षण गरेकी थिइन् । परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको छ ।
उनको रिपोर्ट पोजेटिभ आएपछि उनको नाचको नक्कल गर्दै भिडियो सार्वजनिक भएका छन् ।















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया