बाराको कलैयामा पुलको रेलिङमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
मेरोन्यूज
२०७९ भदौ १० गते ८:५९

बारा । बाराको कलैया उपमहानगरपालिका–१२ धर्मनगरमा गएराती मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
घाइते हुनेमा मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका–२० का ३५ वर्षीय अरुण कुमार गुप्ता र पछाडी सवार ५० वर्षीय सौरब अन्सारी रहेका छन् ।
घाइतेहरुको बीरगन्जस्थित नारायणी मेडिकल कलेजमा उपचार भइहरेको छ । घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको छ ।
गएराती ९ बजे मटिअर्बाबाट बीरगन्जतर्फ जाँदै गरेको ना १२ प २५७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ पुलको रेलिङमा ठोक्किएको प्रहरी चौकी मटिअर्बाले जनाएको छ ।
सम्बन्धित















विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया