एक वर्षमा आठ हजार नागरिकले लिए दोलखाबाट राहदानी
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दोलखाबाट वैदेशिक यात्राका लागि एक वर्षको अवधिमा आठ हजार ६३ नागरिकले राहदानी दिएका छन् । वैदेशिक रोजगारी, अध्ययन तथा भ्रमणकका लागि विदेश जाने नेपालीको सङ्ख्या वृद्धि भएसँगै राहदानी बनाउने नागरिकको सङ्ख्यासमेत अघिल्ला वर्षको तुलनामा वृद्धि भएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
नौ स्थानीय तह रहेको दोलखाबाट एक वर्षको अवधिमा आठ हजार ६३ थान राहदानी जिल्ला प्रशासन कार्यालय दोलखाबाट वितरण गरिएको हो । राहदानीका लागि तत्काल चाहिने नागरिकले दोब्बर शुल्कमा द्रुत राहदानीका लागि फाराम भर्ने र एक महिनापछिका लागि चाहिनेहरूले साधारण फाराम गरी दुई तरिकाले राहदानी दिने व्यवस्था रहेको छ ।
जिल्ला प्रशासन कार्यालयले जनाएअनुसार ३५ दिनभित्र लिने गरी साधारण राहदानीका लागि तीन हजार ७२३ जना पुरुष र दुई हजार ३६१ महिला गरी जम्मा छ हजार ८४ जनाले राहदानीका लागि फारम भरेका थिए ।
त्यस्तै, एक हप्ताभित्र राहदानी दिनेले द्रुत राहदानीका लागि एक हजार ४२ जना पुरुष र नौ सय ३७ जना महिला गरी जम्मा एक हजार ९७९ जनाले फाराम भरेका थिए । दोलखामा राहदानीका लागि फाराम भर्ने नागरिकबाट एक वर्षको अवधिमा दुई करोड ७१ लाख ३७ हजार ८४० राजस्व सङ्कलन भएको प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
कोरोना महामारीले विभिन्न देशमा अध्ययन तथा रोजगारीका लागि जाने नेपालीका लागि खुला गरेसँगै राहदानी बनाउनेको सङ्ख्या वृद्धि भएको हो ।
















अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया