कांग्रेसको परिपत्र : समानुपातिकका सांसदलाई पुनः नदोहोर्याउनु

काठमाडौँ । नेपाली कांग्रेसले संघ र प्रदेशसभामा समानुपातिकतर्फ निर्वाचितहरूलाई पुनः सिफारिस नगर्न मातहतका संरचनालाई परिपत्र गरेको छ । पार्टीले २०७४ सालको निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएकाहरूलाई पुनः सिफारिस नगर्न परिपत्र गरेको हो ।
महामन्त्री गगन थापाले पार्टीका चार तहलाई गरेको परिपत्रमा अघिल्लोपटक समानुपातिकमा चयन भइसकेका नामलाई नदोहोर्याउन निर्देशन गरेका हुन् ।
महामन्त्री थापाले सबै प्रदेश कार्य समिति, जिल्ला, प्रतिनिधिसभा र क्षेत्रीय समितिलाई परिपत्र गरेका हुन् ।
यस्तै, उनले प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ समावेशी सिद्धान्तलाई एक महिलासहित बढीमा दुई जनाको नाम पठाउनसमेत परिपत्र गरेका छन् । नाम सिफारिस गर्दा सहमतिमा हुन नसके बहुमतको आधारमा निर्णय गर्न निर्देशन गरेका छन् ।
तालमेल गर्दा अन्य दलहरूलाई छुट्याइएको स्थानमा कांग्रेसले प्रतिस्पर्धा नगर्नेसमेत पत्रमा स्पष्ट पारिएको छ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया