भाजपाकी नेत्रीको बलात्कारपछि हत्या, आरोपित दुई जना पक्राउ

काठमाडौँ । भारतीय जनता पार्टीकी नेत्री सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको शव परीक्षण (फोष्टमोर्टम)का क्रममा शरीरमा ‘कैयौँ चोट’ भेटिएको रिपोर्ट अस्पतालले दिएको छ ।
फोगाट भूतपूर्व ‘टिकटक स्टार’ थिइन् । उत्तर भारतस्थित हरियाणा राज्यकी उनी भाजपाको तर्फबाट सन् २०१९ को राज्य विधानसभामा पराजित उम्मेदवार हुन् । प्रहरीका अनुसार सन्दिग्ध ती दुवै जनालाई बिहीबार साँझ पक्राउ गरिएको छ ।
पारिवारिक स्रोतका अनुसार सीसीटीभीद्वारा खिचेको दृष्यमा उनलाई सँगै रहेका दुईमध्ये एक जनाले जबर्जस्ती कुनै नशालु पदार्थ सेवन गराएको देखिएको छ ।
पश्चिमी राज्य गोवा भ्रमणका बेला यही अगष्ट २२ गते मृत्यु भएकी फोगाट ४२ वर्षकी थिइन् । प्रारम्भिक रिपोर्टमा उनको हृदयाघातका कारण निधन भएको बताइएको थियो ।
तर, उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले हत्या गरेको आरोप लगाएका थिए । उनका दुई जना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप पनि लगाएका थिए । उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका थिए ।
केही व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए । त्यस्तै, उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाउँदै आएका थिए ।















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया