दक्षिण कोरियामा न्यून प्रजनन् दर

काठमाडौँ । दक्षिण कोरियाले फेरि विश्वको सबैभन्दा कम प्रजनन दर रेकर्ड गरेको छ । सन् २०१८ मा देशमा यो दर पहिलो पटकप्रति महिला एक बच्चाभन्दा कम थियो ।
तर, सरकारले बुधबार सार्वजनिक गरेको एक तथ्यांकमा जन्मदर अघिल्लो वर्ष शून्य दशमलव ८४ बाट शून्य दशमलव ८१ मा झरेको देखाएको छ । र, यो लगातर छैटौँपटक जन्मदरमा गिरावट हो ।
आर्थिक सहयोग र विकास संगठन ओईसीडीले विगत छ दशकमा प्रजनन् दर स्पष्ट रूपमा घटेको जनाएको छ । तर, यो प्रवृति विशेष गरी दक्षिण कोरियामा उल्लेख गरिएको छ । जहाँ परिवारको आकार केही पुस्ताको अवधिमा घटेको छ । सन् १९७० को सुरुमा महिलका औसत चार बच्चा थिए ।
घट्दो जनसंख्याले देशलाई ठूलो तनावमा पार्न सक्छ । स्वास्थ्य सेवा प्रणाली र निवृत्तिभरणको माग बढ्दै जाँदा सार्वजनिक खर्चमा बढ्दो दबाबको अलावा, घट्दो युवा जनसंख्याले पनि अर्थतन्त्रलाई असर गर्ने श्रमिक अभाव निम्त्याउँछ ।















सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया