मिटर ब्याजको धन्दा : कर्णालीमा २२ वटा उजुरी

सुर्खेत । थाेरै समयका लागि ऋण दिएर चर्काे ब्याज लिने गैरकानुनी धन्दा ‘मिटर ब्याज’ को जालोमा कर्णालीका थुप्रै व्यक्ति परेको पाइएको छ । तत्कालै धेरै कमाइने लोभले मिटर ब्याजमा लगानी गरेका र ऋण लिएका दुवै पक्ष अहिले बिचल्लीमा छन् । स्थानीय प्रशासनले उक्त अवैध कारोबारमा पीडित बनेकालाई उजुरी दिन आह्वान गरेपछि त्यस्तो धन्दामा संलग्नहरूको संख्या धमाधम खुल्न थालेका हुन् ।
गृह मन्त्रालयको पछिल्लो विवरणअनुसार कर्णाली प्रदेशभर मिटर ब्याज कारोबारबाटठगिएको भन्दै २२ जनाले उजुरी दिएका छन् । यसरी उजुरी दिनेमा सुर्खेतका धेरै छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सूचनामार्फत पीडितलाई उजुरी दिन भनेको थियाे । सुर्खेतमा मात्र ११ वटा उजुरी परेका छन् । तीमध्ये अधिकांश उजुरी वीरेन्द्रनगरभित्रका हुन् । यसले पनि सहरी क्षेत्रमा मिटर ब्याजको धन्दा बढी हुने गरेको देखिएको छ ।
चर्को ब्याजमा ऋण दिएर ठग्दै आएका घटनाहरू बाहिरिएपछि गृह मन्त्रालयले २८ साउनमा सूचना जारी गरेर ५ भदौभित्र सम्बन्धित जिल्ला प्रशासनमा त्यस्ता पीडितहरूलाई उजुरी दिन अनुरोध गरेको थियो । प्रशासन कार्यालयहरूले त्यसयता पनि उजुरी आउने क्रम भने जारी रहेको जनाएकाे छ । मिटर ब्याज पीडित आउनेक्रम रहिरहेकोले गृह मन्त्रालयले म्याद थप समेत गरेको छ । सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेका अनुसार एक जनाले आफू २३ जना व्यक्तिबाट पीडित भएको भन्दै उजुरी दिएका छन् । ती व्यक्तिले २३ जना मिटर ब्याजीविरुद्ध उजुरी दिएको उनले जनाए ।
प्रशासन कार्यालयमा आएका उजुरीको विवरण हेर्दा चर्को ब्याजमा ऋण दिएर अटोपास गर्ने, तमसुक गर्ने, खाली चेक दिने, रकम असुल नभए मुद्दा गर्ने, बाध्यतामा पारेर घरजग्गा आफ्नो नाममा बनाउने लगायतका गतिविधि हुने गरेको पाइएको छ । यस्ता प्रकृतिका उजुरी धेरै आएको सहायक प्रजिअ पाण्डेले बताए । सहायक प्रजिअ पाण्डेले मिटर ब्याजीविरुद्ध आएका उजुरीहरूको अब अध्ययन थालिने बताए ।
















ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
Fire at Mahashakti Soap Factory in Hetauda: Property amounts Rs100–120 million damaged
राष्ट्रियसभा सदस्य निर्वाचन : सातै प्रदेशमा मतदान सुरु
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया