शुक्रबार, माघ २, २०८२

काठमाडौंमा भारी बर्षा, बल्खु र विष्णुमति खोलामा बाढी

मेरोन्यूज २०७९ भदौ १२ गते ६:१५

काठमाडौं । काठमाडौंका केही स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जारी सुचनामा विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जनाएको छ ।
बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ। सो नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया