विधायन व्यवस्थापन समिति बैठक
गृहमन्त्री खाँणको दाबी : केपी ओलीसँग छलफल गरेरै नागरिकता विधेयक ल्याइएको हो

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर नागरिकता विधेयक ल्याइएको बताएका छन् । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्
राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको ‘नेपाल नागरिकता’ (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सबै दलहरूको सहमतिमा विधेयक ल्याइएको दाबी गरेका हुन् ।
‘नागरिकता विधेयक प्रतिपक्षी दलका नेतासँग पनि छलफल गरेर तत्कालीन सरकारले २०७५ सालमा ल्याएको विधेयक र २०७८ मा जारी गरिएको अध्यादेशको भावनामा सल्लाहमै, प्रक्रियामा सहमति भएरै अघि बढेको हो,’ समितिको बैठकमा उनले भने ।
राष्ट्रपतिले अगाडि बढाएका विषयलाई अध्ययन गरेर नै फेरि संसद्बाट विधेयक अगाडि बढाउन सरकारले चाहेको गृहमन्त्री खाँणको भनाइ थियो । उनले प्रादेशिक पहिचानको विषय नागरिकताका प्रतिलिपिमा लेख्ने जानकारी दिए ।
सबै नागरिकले नागरिकता पाउनु, नागरिकताविहीन अवस्थामा बाँच्नु नपरोस् भन्ने सरकारको प्रयास स्वरुप नागरिकता विधेयक आएको गृहमन्त्री खाँणको स्पष्टीकरण थियो ।
‘संविधान संशोधन र सहमति जुटाउने नाममा, सहमतिपछि विधेयक ल्याउने नाममा जन्मसिद्धका नागरिकता प्राप्त गर्ने उमेर पुगेकाका सन्तानले नागरिकता पाउँदैनन्,’ उनले भने, ‘वैवाहिक अंगीकृतको चर्चा गरिरहेका छौँ, तिनले २०६३ को ऐनअनुसार पाइरहेकै छन्, त्यसका कारण यसलाई अगाडि बढाऔँ, यसलाई रोक्न हुन्न ।’

















नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
कांग्रेसले सरकार चलाएको २०४६ देखि २०५१ स्वर्णिम युग थियो : सभापति थापा
कांग्रेसको प्रतिज्ञापत्रमा के छ ? (पूर्णपाठ)
डोजर भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइन: रवि लामिछाने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
मादकपदार्थ सेवन गरी पाेखराका स्कुल बस चलाउने पाँच चालक पक्राउ
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
प्रतिक्रिया