पाकिस्तानमा डुंगा दुर्घटना सात जनाको मृत्यु, १३ बेपत्ता
मेरोन्यूज
२०७९ भदौ १३ गते २०:४४

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुंगा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । घटनामा १३ जना बेपत्ता भएका छन् ।
कम्तीमा २० जना सवार डुंगा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ । उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् । बेपत्ता भएकाको खोजी गरिरहेको छ ।
मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ ।
देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ । तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
७५ वर्षीय वृद्धको हत्या गरी लुटपाट गर्नेलाई सिआइबीले पत्ता लगायो
आज काठमाडौंका आधा दर्जन बढी सुकुमवासी बस्तीमा डोजर चलाइने
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
बढ्यो खाना पकाउने ग्यासको मूल्य
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
प्रतिक्रिया