बुधबार, पुष ९, २०८२

पाकिस्तानमा डुंगा दुर्घटना सात जनाको मृत्यु, १३ बेपत्ता

मेरोन्यूज २०७९ भदौ १३ गते २०:४४

काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार डुंगा पल्टिँदा महिला र बालबालिकासहित सात जनाको मृत्यु भएको छ । घटनामा १३ जना बेपत्ता भएका छन् ।

कम्तीमा २० जना सवार डुंगा सिन्धु नदी हुँदै जाँदै गर्दा प्रान्तको सेहवान सरिफ क्षेत्रमा बाढीको बहावमा फसेपछि पल्टिएको समाचारमा जनाइएको छ । उद्धार टोलीले सात जनालाई पानीबाट मृत अवस्थामा निकालेका छन् । बेपत्ता भएकाको खोजी गरिरहेको छ ।

मुसलधारे मनसुनी वर्षाका कारण पाकिस्तानमा ठूलो क्षति पुगेपछि पाकिस्तानका पहाडी क्षेत्रका नदी नाला र समथर भूभागमा पनि ठूलो बाढी आएको छ ।

देशको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए)का अनुसार देशका ७२ जिल्लालाई आपतकाल घोषणा गरिएको छ । तीन करोड ३० लाखभन्दा बढी जनसङ्ख्या बाढीबाट प्रभावित भएका छन् ।

प्रतिक्रिया