झोलुङ्गे पुल बन्दा स्थानीय उत्साहित
काठमाडौँ । मोरङको जहादा गाउँपालिका ३ मा रहेको जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका छन् ।
प्रदेश सरकारको सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको सहयोगमा जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा स्थानीय उत्साहित भएका हुन् । जहदा गाउँपालिका ३ चारैतिरबाट जुडीखोलाले घेरिएकाले पुल नहुँदा आवतजावत गर्न स्थानीयलाई समस्या हुने गरेको थियो ।
वडाध्यक्ष अनिलकुमार ठाकुरले वर्षायाममा नजिकैको टोलमा पुग्न घण्टौ हिँड्नु पर्ने समस्या अन्त भएको बताए । ‘खोला तर्न नसक्नेले आधा किलोमिटर बाटोको दुरी कायम गर्न करिब पाँच किलोमिटर धुमेर पुग्नु पर्ने बाध्यता थियो,’ वडाध्यक्ष ठाकुरले भने, ‘झोलुङ्गे पुलले सहज बनायो ।’
साँघुरो बाटो र खोलामा जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यतामा रहेका स्थानीयले झोलुङ्गे पुल बनेसँगै सहज आवत जावत गर्न बनेको छ । वडाकै वनटोली र जयरामपुरको बीचमा पर्ने जुडीखोलामा झोलुङ्गे पुल निर्माण हुँदा उत्साहित भएको स्थानीय ७३ वर्षीय सरुपलाल मलाहले बताए ।
झोलुङ्गे पुल बनेपछि आधा दर्जन बस्तीका करिब पाँच हजार व्यक्तिलाई आवत जावत गर्न सहज भएको उनको भनाइ थियो । स्थानीय नारायण कामतले खोला तर्नु पर्ने समस्याबाट मुक्ति पाएको बताए ।
कूल २५ मिटर झोलुङ्गे पुल ३६ लाख लागतमा निर्माण भएको अध्यक्ष ठाकुरले जानकारी दिए । निर्माण सम्पन्न भएपछि दुवै बस्तीसँगै भारत बिहारको सुनरीमण्ड सहित सिमावर्ती क्षेत्र डुमरिया, पोखरिया र लक्ष्मीनीयालगायतका बासिन्दालाई आवत जावत गर्न सहज भएको छ ।

















मुस्ताङमा तीन लाख २५ हजार बढी पर्यटक भित्रिए
पोर्चुगलमा मनाइयो प्रजातन्त्र दिवस
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा
आईसीसी टी–२० विश्वकप: समूह चरणको अन्तिम खेलमा आज अस्ट्रेलिया र ओमान भिड्दै
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
९५५ केजी गाँजासहित दुई जना पक्राउ
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
प्रतिक्रिया