पश्चिमाका ‘गोर्बी’ मिखाइलको पुटिनसँग थियो जटिल सम्बन्ध

मस्को । मंगलबार निधन भएका सोभियत नेता मिखाइल गोर्भाचोभसँग रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको जटिल सम्बन्ध थियो । तथापि, गोर्भाचोभको निधनप्रति पुटिनले गहिरो दुःख प्रकट गरेका छन् ।
कमजोर स्वास्थ्य अवस्थाका कारण जीवनको उत्तराद्र्धमा गोर्भाचोले अस्पतालमा नै बिताएका थिए । कोभिडविरुद्ध पूर्वसावधानी स्वरुप उनी स्वक्वारेन्टिनमा थिए ।
गोर्बाचेभ पश्चिमा देशमा गोर्बी भनेर चिनिन्छ । सन् १९८० को दशकमा अमेरिका–सोभियत आणविक तनावलाई कम गर्नका साथै पूर्वी यूरोपलाई फलामको पर्दा पछाडिबाट बाहिर ल्याउने व्यक्तिका रूपमा उनी परिचित छन् ।
अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनसँग एतिहासिक आणविक हतियार सम्झौता वार्ताका लागि उनले नोबेल शान्ति पुरस्कार पाएका थिए ।
बर्लिनको पर्खाल ढल्दा सोभियत सेनालाई रोक्ने उनको निर्णयलाई शितयुद्धको शान्ति जोगाउने एउटा चाबीको रुपमा हेरिएको थियो । पारदर्शीताका प्रप्तिका लागि र सोभियत सम्राज्यको विघटनलाई तीब्र पार्ने सार्वजनिक छलफल गर्न उनलाई पश्चिमाहरुले अभियन्ताको रुपमा व्याख्या गरेका थिए ।
को थिए गोर्भाचोभ ?
मिखाइल गोर्भाचोभ अत्यन्त शक्तिशाली नेता थिए । तर उनलाई नै प्रयोग गरेर पश्चिमा राष्ट्रले सोभियत संघ ९युएसएसआर० टुक्राटुक्रा पारिदिए । चेच्न्यामा ठूलो रक्तपात भयो । राष्ट्र सग्लो, एकीकृत र सशक्त रहुन्जेल सबैको इज्जत थियो । अमेरिका समेत डराउँथ्यो । ग्लास्तनोस्त र पेरेस्त्रोइका जस्तो नीति ‘हाराकिरी’ ठहरियो । सुधार, समृद्धि र अग्रगमनका नाममा विदेशीको ढलिमली भयो भने राष्ट्रको पतन हुन्छ भन्ने एउटा उदाहरण हो, सोभियत संघ।
गोर्भाचोभलाई शीतयुद्ध अन्त्य गरेको अनि पश्चिमा राष्ट्रहरूसँग सम्बन्ध सुधार गरेर आणविक टकरावको खतरालाई रोकेको श्रेय जान्छ। तर सुधारिएको सम्बन्धको एउटा अप्रत्याशित नतिजा के भयो भने सोभियत सङ्घका जनताले अन्य देशका नागरिकको तुलनामा आफ्नो जीवन कति खराब छ भन्ने कुरा थाहा पाए। विदेशमा ख्याति कमाउँदै गएका गोर्भाचोभको आफ्नै देशमा भने आलोचना बढ्न थाल्यो। गोर्भाचोभलाई सोभियत अर्थतन्त्र र सार्वजनिक मनोबलको थप गिरावट रोक्नको लागि आमूल परिवर्तन आवश्यक छ भन्ने कुरा थाहा थियो।
तर यो कसरी प्राप्त गर्ने भन्ने उनको दृष्टिकोणमा स्पष्टताको भने कमी थियो। शीतयुद्ध अन्त्य गरेर उनी बाहिरी विश्वका लागि नायक बनेका थिए। तर आफ्नै घरमा भने उनी आलोचनाको पात्र बनेका थिए।
गोर्भाचोभलाई हटाउन सन् १९९१ को अगस्टमा पुरातनपन्थीहरूले कूको प्रयास गरे। तर यसले सोभियत सङ्घलाई जोगाउनेभन्दा पनि विघटनको द्वारतर्फ अघि बढायो। कूको प्रयास गर्ने नेताहरूले देशबाट भाग्ने प्रयास गरे र गोर्भाचोभ शक्तिमा फर्किए। तर उनी लामो समयका लागि शक्तिमा रहन सकेनन्। रुसमा बोरिस याल्तसीन अनि सोभियत सङ्घमा अन्य नेताहरूको उदय भयो। त्यसपछिका महिनाहरूमा धेरै देशले स्वतन्त्रताका लागि जनमत सङ्ग्रह गरे र डिसेम्बरसम्ममा सुपर(स्टेटको भविष्य धरापमा पर्यो।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
प्रतिक्रिया