मेटाले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा पैसा तिर्नुपर्ने फिचर थप्ने
मेरोन्यूज
२०७९ भदौ १६ गते ९:०३

एजेन्सी । मेटा प्लेटफर्मले आफ्नो फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको लागि पैसा तिर्नुपर्ने फिचर ल्याउने तयारी गरिरहेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मेटाले नयाँ फिचर ल्याउनको लागि प्रडक्ट अर्गनाइजेसन स्थापना गरेको छ। गत साता कम्पनीले कर्मचारीहरुलाई पठाएको मेमोमा यसको उल्लेख गरिएको छ।
यद्यपि कम्पनीले अझै पनि विज्ञापन नआउने बनाउन पैसा तिर्नुपर्ने फिचर भने ल्याउने छैन। कम्पनीले आगामी दिनमा पनि विज्ञापनको बजार विस्तारीकरण जारी रहने बताएको छ।
नयाँ योजनाको विषयमा कम्पनीले आधिकरिक जानकारी भने दिएको छैन। गत महिना मेटाले पहिलोपटक आफ्नो आम्दानी घटेको विवरण सार्वजनिक गरेको थियो।
सम्बन्धित
















मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया