बैंक अफ काठमाण्डूको एटीएममा मास्टरकार्डबाट कारोबार गर्न सकिने

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले कारोबार गर्न सक्ने छन् ।
यस बंैकको एटिएम तथा पीओएसमा हाल भिसा र युनियन पेको नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डको भुक्तानी बैंकको सबै एटीएम तथा पीओएसको माध्यमबाट गर्न सकिने छ ।
साथै, उक्त सम्झौैताअनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा आफ्नो ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने छ । अब उपरान्त मास्टर कार्डबाहेक महानुभावले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटीएम तथा विभिन्न सेवामा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउण्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।
















बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
यी हुन् कर्णालीमा एमालेका उम्मेदवार
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रतिक्रिया