बैंक अफ काठमाण्डूको एटीएममा मास्टरकार्डबाट कारोबार गर्न सकिने

काठमाडौँ । बैंक अफ काठमाण्डू लिमिटेडको सम्पूर्ण एटीएमबाट मास्टरकार्ड प्रयोग गरी नगद निकाल्न तथा बैंकको पीओएसमा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मास्टरकार्ड प्रयोगकर्ताले कारोबार गर्न सक्ने छन् ।
यस बंैकको एटिएम तथा पीओएसमा हाल भिसा र युनियन पेको नेटवर्कबाट जारी भएको कार्डहरु मात्र कारोबार गर्न मिल्ने थियो । यस सम्झौताले हाल प्रयोगमा भएका भिसा र युनियन पेसहित मास्टरकार्डको नेटवर्कबाट जारी भएका सम्पूर्ण कार्डको भुक्तानी बैंकको सबै एटीएम तथा पीओएसको माध्यमबाट गर्न सकिने छ ।
साथै, उक्त सम्झौैताअनुसार बैंक अफ काठमाण्डूले मास्टरकार्डसँग सहकार्य गरी निकट भविष्यमा आफ्नो ग्राहकलाई मास्टरकार्ड उपलब्ध गराउने छ । अब उपरान्त मास्टर कार्डबाहेक महानुभावले बैंक अफ काठमाण्डूले विभिन्न स्थानमा राखेको एटीएम तथा विभिन्न सेवामा मास्टरकार्ड प्रयोग गरी भुक्तानी गर्न सक्ने छन् ।
हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालय, ९७ एटीएम र १० एक्स्टेन्सन काउण्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा दिँदै आएको छ ।















विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
अष्ट्रेलियामा शरण मागेकी इरानी महिला फुटबल टोलीकी कप्तानले निवेदन फिर्ता लिइन्
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया