बुधबार, माघ ७, २०८२

नबिलले पायो ‘भिसा एक्सिलेन्स अवार्ड २०२२’

मेरोन्यूज २०७९ भदौ १६ गते २०:०१

काठमाडौँ । नबिल बैंकले ‘एक्सिलेन्स इन कन्ज्युमर डेबिट कार्ड्स बिजनेस २०२२’ र ‘एक्सिलेन्स’ प्राप्त गरेको छ । ई कमर्स एक्वायरिङ बिजनेस २०२२ अवार्ड २०२२ मा यसको उत्कृष्ट वृद्धि र नेपालका सबै बैंकमा डेबिट कार्ड र ई कमर्स प्राप्ति व्यवसायमा उपलब्धिहरू भिसा लिडरसिप कन्क्लेभ–पेमेन्ट्स इनोभेसनमा नबिललाई अवार्ड प्रदान गरिएको हो ।

अगस्ट ३१, २०२२ मा डिजिटल नेपालका लागि भिसा इन्टरनेशनलले काठमाडौंमा आयोजना गरेको थियो । नबिल टोलीका सबै सदस्यलाई उनीहरूको समर्पणको लागि कृतज्ञता र बधाई व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने, “नबिलले सधैं नेपालको पहिलो डिजिटल बैंक बन्न पाउँदा खुसी छौं ।’

‘हामीले डिजिटल प्रवद्धनमा सधैँ ध्यान केन्द्रित र लगानी गरेका छौँ, हाम्रा ग्राहकका लागि समाधान र त्यस्ता मान्यताले हामीलाई अझ धेरै गर्न उत्प्रेरित गर्नेछ, डिजिटल डोमेनमार्फत ग्राहकको अनुभव वृद्धि गर्नेछ ,’ उनले थपे ।

प्रतिक्रिया