बुधबार, माघ ७, २०८२

कामना सेवा विकास बैंकका सेयरधनी डुम्रेले संस्थापक सेयर बिक्री गर्ने

मेरोन्यूज २०७९ भदौ १७ गते १३:४३

काठमाडौं । कामना सेवा विकास बैंकका संस्थापक सेयरधनी प्रकाश डुम्रेले आफ्नो नाममा रहेको एक लाख २६ हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएका छन् । यसको मूल्य भने खुलाइएको छैन ।

सेयर खरिद गर्न बैंकको संस्थापक सेयरधनी नै हुनुपर्नेछ । किन्न चाहने संस्थापक सेयरधनीले ३५ दिनभित्र बैंकको सेयर मुख्य कार्यालय ज्ञानेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

तोकिएको अवधिमा कोही पनि संस्थापक सेयरधनीबाट आवेदन नआएमा भने सर्वसाधारणका लागि बिक्री खुला गर्न सकिनेछ ।

प्रतिक्रिया