शनिबार, फागुन ९, २०८२

सिन्धुपाल्चोकबाट उम्मेदवारको नाम सिफारिस, कहाँबाट को-को सिफारिस ?

मेरोन्यूज २०७९ भदौ १७ गते १५:०२

काठमाडौँ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट आगामी मंसिरमा हुने प्रतिनिधिसभा प्रत्यक्षतर्फ लागि छ जनाको आवेदन परेको छ । क्षेत्र नं २ कार्य समितिले आवेदन दिएका छ जनाको नाम जिल्ला, प्रदेश र केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको क्षेत्रीय सभापति आइतमान तामाङले बताए ।

Advertisement
nepal life insurencenepal life insurence

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ आवेदन दिनेमा पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री विष्णुविक्रम थापा, महासमिति सदस्य एवं महाधिवेशन प्रतिनिधि राजु गोर्खाली, इन्द्रावती गाउँपालिकाका पूर्वअध्यक्ष वंशलाल तामाङ, पूर्वउपसभापति शिव सुनार, पूर्वजिल्ला सचिव बिलबहादुर तामाङ र अनुप न्यौपाने रहेका छन् ।

त्यस्तै, क्षेत्र नम्बर २ मा समानुपातिकतर्फ पूर्व जिल्ला सभापति विकास लामा, सानुमाया हिमालय र जिमी लामाको नाम रहेको छ । निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश ‘क’का लागि प्रत्यक्षतर्फ सात जनाको नाम सिफारिस भएको छ । नाम सिफारिस भएकामा टङ्क कार्की, विकास तामाङ, राजेन्द्रमान ताल्चाभँडेल, देवप्रसाद बानियाँ, अनिलकुमार तामाङ, भूपेन्द्र थापा र उद्धव बानियाँ छन् ।

यसैगरी, यो प्रदेशमा समानुपातिकतर्फ सात जनाको नाम सिफारिस गरिएको छ । सिफारिसमा पर्नेमा केशव श्रेष्ठ, भरत खड्का, रीता दुलाल, अष्टमाया तामाङ, चमेली श्रेष्ठ, प्रेमकुमार दङ्गाल र कमलरत्न दनुवार रहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’का लागि प्रत्यक्षतर्फ छ जनाको नाम सिफारिस गरिएको छ । यस प्रदेशमा कृष्णकुमार तामाङ (समीर)को नाम पहिलो नम्बरमा रहेको छ । यसैगरी यसरी नाम सिफारिस हुनेमा पासाङ दोङ, विष्णु खड्का, मधुसुदन सिग्देल, सागर श्रेष्ठ र निमा लामा छन् ।

यस प्रदेशबाट समानुपातिकतर्फबाट १६ जनाको नाम सिफारिस भएको छ । सिफारिस भएकामा जितबहादुर थिङ, कुमार दुलाल, कर्म लामा, गणेश सिग्देल, गोपाल लामा, सिके चौलागाई, बद्रीप्रसाद चौलागाई, हरिकुमार शर्मा, छिरिङ लामा, जमुना मोक्तान, ज्यानबहादुर तामाङ, पेम्बा शेर्पा, राजकुमार लामिछाने, लक्ष्मी सुनार, सुशीला लामिछाने र नाराणय गिरी छन् ।

पार्टीको नीतिअनुसार प्रदेश क्षेत्र र निर्वाचन क्षेत्रले सिफारिस गरेको नामावली आज हुने पार्टीको जिल्ला कार्य समिति बैठकले छलफल गरी प्रदेश समितिमार्फत केन्द्रीय समितिमा पठाउने छ ।

प्रतिक्रिया