भाउजुसँग मिलेर श्रीमतीको हत्या, दुई जना पक्राउ
मेरोन्यूज
२०७९ भदौ १७ गते २०:०८
काठमाडौँ । प्रहरीले श्रीमतीको हत्या गरेको आरोपमा बाराबाट युवकलाई पक्राउ गरेको छ । उनीसँगै एक महिला पनि पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा महागढीमाई नगरपालिका ३ गंजभवानीपुर टोल बस्ने २७ वर्षीय सैमोदिन अंसारी र २५ वर्षीया अप्सना खातुन रहेका छन् ।
सैमोदिनको श्रीमती २५ वर्षीया सहनाज खातुनको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । अप्सना सहनाजकी जेठानी हुन् भने सैमोदिनको भाउजु ।
हिजो बिहीबार सहनाजको घरमै मृत्यु भएको सूचना पाएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरी टोलीले घटनास्थलको सुक्ष्म अध्यायन गरेको थियो ।
प्रहरीले सैमोदिनसँग सोधपुछ गर्दा सैमोदिनले घटनामा भाउजु अप्सनासमेत रहेको बताएका थिए । प्रहरीले बिहीबार नै उनीहरूलाई पक्राउ गरेको हो ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया