बाढीले पाकिस्तानमा आठ लाख पशुको मृत्यु
काठमाडौँ । पाकिस्तानमा विगत केही हप्तादेखि भएको मूसलधारे वर्षाले शताब्दी लामो रेकर्ड तोडेको छ । साथै, केही प्रान्तमा विगत ३० वर्षको औसतभन्दा पाँच गुणा बढी पानी परेको बताइएको छ ।
जसबाट १२ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । त्यस्तै, बाढीले ११ लाखभन्दा बढी घरहरू क्षति पुर्याएको छ । थुप्रै पूर्वाधारहरू नष्ट भएका छन् । विद्यालय र अस्पतालहरू भत्किएका छन् । कम्तीमा १८ हजार विद्यालयमा क्षति पुगेको छ ।
‘हामीले अनुमान गरेका छौँ कि एक करोड ६० लाख बालबालिका त्यसबाट प्रभावित छन्, र तीमध्ये ३४ लाख बालबालिकालाई मानवीय सहयोगको खाँचो छ,’ युनिसेफका पाकिस्तानी प्रतिनिधि अब्दुल्लाह फादिलले जेनेभाको प्यालेस डेस नेशनमा आजको पत्रकार सम्मेलनमा भने ।
हाल पानीजन्य घातक रोगहरू छिटो फैलिने उच्च जोखिम छ । झाडापखाला, हैजा, डेंगु, मलेरिया सङ्क्रमणको उच्च जोखिम छ । शौचालयको अभावमा बाढी पीडितहरू खुला रूपमा दिसा पिसाब गर्न बाध्य छन् ।
राहत र उद्धार कार्यअगाडि बढाउन निकै कठिन भएको छ । करिब १६० पुलहरू र पाँच हजार किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएका छन् । ३५ लाख एकड बाली प्रभावित भएको छ । यस्तै, करिब आठ लाख पशु मरेका छन् ।











बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
क्रियाशील सदस्यता वितरण सहजीकरणका लागि गगन थापाको चार बुँदे निर्देशन
रवीन्द्र मिश्र पर्सा-३ बाट पनि उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया