निर्वाचनबारे मतदातालाई अधिकतम सूचित गर्न आयोगको सुझाव

काठमाडौँ । राष्ट्रिय सूचना आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, पारदर्शी, जिम्मेवार बनाउन तथा मतदाताले अधिकतम जानकारी पाउने वातावरण बनाउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङको अध्यक्षतामा यही भदौ १६ गते भएको ३७ औँ बैठकले निर्वाचनका लागि उम्मेदवारले पेश गर्ने मनोनयन पत्र तथा संलग्न कागजात सर्वसाधारण मतदातालाई जानकारी गराउन र निर्वाचन सम्पन्न भएपश्चात कानूनबमोजिम उम्मेदवारले पेश गरेको निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न सुझाव दिने निर्णय गरेको हो ।
आयोगका सूचना आयुक्त तथा प्रवक्ता कमला ओली थापाका अनुसार सूचनादाताको संरक्षणसम्बन्धी नियमावलीको मस्यौदा स्वीकृतीको कारवाही अगाडि बढाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाउने पनि निर्णय भएको छ । यस्तै सूचनाको हक कार्यान्वयनसम्बन्धी राष्ट्रिय रणनैतिक योजनामा अन्तिम सुझाव प्राप्त गर्न आयोगको वेबसाइटमा एक महिनाका लागि राख्ने र सम्बद्ध मन्त्रालयको पनि सुझाव लिने आयोगले निर्णय गरेको छ ।
आयोगले नेपाल र बङ्गलादेशका सूचना आयोगबीच भएको आपसी सहयोगसम्बन्धी समझदारीपत्र तथा कार्यान्वयन कार्ययोजना बमोजिमका कार्य अगाडि बढाउने तथा भारत र श्रीलङ्काका सूचना आयोगसँग पनि आपसी सहयोगसम्बन्धी समझदारी गर्न प्रस्ताव गर्ने निर्णय गरेको प्रवक्ता ओलीले जानकारी दिए ।

















हिटलरको घर अब प्रहरी चौकी
धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई
लागु–औषध विरुद्धको अमेरिकी आक्रमणमा तीन जनाको मृत्यु
नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउनुपर्छ : अध्यक्ष ढकाल
प्रधानमन्त्री कार्कीद्वारा मायादेवी मन्दिरको दर्शन
रूसले कब्जा गरेको युक्रेनी भूभागका बिषयले राेक्याे सम्झौता
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन तयारीबारे बुझ्न गृहमन्त्री अर्याल सुन्दरीजल क्षेत्रमा
विश्व क्रिकेटको टी-२० वरियतामा दीपेन्द्रको छलाङ: चौथो स्थानमा उक्लिए
सहारा क्लब ‘आहा रारा पोखरा गोल्डकप’को फाइनलमा
प्रतिक्रिया