नेता कोइरालाको नाम सुनसरी २ बाट सिफारिस

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ ।
सरकारले मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेसँगै पार्टीले उमेदवार सिफारिस गर्न गरेको परिपत्रअनुसार नेता कोइरालाको नाम प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको छ । कोइराला सुनसरी क्षेत्र नम्बर २ (ख)बाट प्रदेशसभा सदस्य हुन् ।
कोइरालासँगै पूर्वराज्यमन्त्री तथा सङ्घीय सांसद सिताराम मेहता र पार्टीका केन्द्रीय सदस्य राजिव ढुङ्गानाको नामसमेत प्रतिनिधिसभा सुनसरी क्षेत्र नम्बर २ बाट सिफारिस भएको पार्टीका जिल्ला सचिव वीरेन्द्रकुमार साहले जानकारी दिए । यसै क्षेत्रबाट प्रतिनिधिसभाका लागि समानुपातिकमा दिलकुमारी राई र वीरेन्द्र कार्कीको नाम सिफारिस भएको छ ।
त्यसैगरी सुनसरी क्षेत्र नम्बर २ (क)बाट प्रत्यक्षमा भीम पौडेल, विकास केसी र बद्रीनारायण चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेशसभा २ (क)बाट समानुपातिकमा गीता श्रेष्ठ, सुबेक्छु देवान राई, नगेशचन्द्र राई, सूर्य राई, दामोदर दाहाल, केशवप्रसाद भट्टराई, विमला शिवाकोटी ढकाल, बबिता चौधरी, रामप्रसाद विक र रमेश पोखरेलको नाम सिफारिस भएको छ । सुनसरी २(ख)बाट प्रत्यक्षमा १५ जना र समानुपातिकतर्फ २४ जनाको नाम सिफारिस गरेको छ ।
प्रदेशसभा २ (ख)बाट प्रत्यक्षमा पत्रकार प्रकाश मेहता, वीरेन्द्रकुमार मेहताको नाम सिफारिस भएको छ । त्यसैगरी प्रदेश २ (ख)बाटै प्रत्यक्षमा चीरञ्जिबी बस्नेत, मोहन मेहता, महिचन्द्र साहु, रामदास कोइरी, लिलामणि सुवेदी, सुरेन्द्रप्रसाद यादव, रफुल मियाँ, ज्योति शुब्बा, मुकुन्द खतिवडा, सरला बस्नेत, लाली मेहता, हेमनारायण मेहता र कुन्दन यादवको नाम सिफारिस भएको छ ।
त्यसैगरी समानुपातिकतर्फ सञ्जयप्रसाद श्रेष्ठ, सहदेव मेहता, प्रकाश नेपालीलगायतको नाम सिफारिस भएको छ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया