शनिबार, फागुन ९, २०८२

सिरहामा करेण्ट लागेर तीनको मृत्यु

मेरोन्यूज २०७९ भदौ १७ गते २१:४३

काठमाडौँ । सिरहामामा पानी तान्ने विद्युतीय मोटरमा करेन्ट लागेर एक हप्ताभित्र तीन जनाको मृत्यु भएको छ । बिहीबार इनारभित्रै करेन्ट लागेर बुबा–छोराको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

मृत्यु हुनेमा गोलबजार नगरपालिका ६ ग्रामीण बजार बस्न ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमर रहेको प्रहरीले जनाएको छ । पानी तान्ने मोटरमा खराबी आएपछि पहिला बुबा इनारभित्र पसेका थिए ।

बुबालाई करेन्ट लागेपछि छोरासमेत इनारभित्र पस्दा करेन्ट लागेर घाइते भएका दुवै बाबुछोरालाई उपचारका लागि लहान लाने क्रममा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरीक्षक राजु केसीले बताए ।

सिरहा नगरपालिकामा करेन्ट लागेर एक बालिकाको यही भदौ ११ गते मृत्यु भएको थियो । कलमा नुहाउन जाँदा पानि तान्ने मोटरबाट करेन्ट प्रवाह हुँदा सिरहा नगरपालिका–८ लबका टोल बस्ने चन्द्रदेव यादवको छोरी आठ वर्षीया रागनीकुमारी यादवको मृत्यु थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी यादवलाई प्रादेशिक अस्पताल सिरहा लाँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।

प्रतिक्रिया