श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजापाक्षे स्वदेश फर्किए

कोलम्बो । श्रीलंकाका अपदस्थ पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे स्वदेश फर्किएका छन् । टापुको सबैभन्दा खराब आर्थिक संकटबीच देश छाडेर भागेको सात हप्ता पछि उनी शुक्रबार स्वदेश फर्किएका हुन् । राजापाक्षे स्वदेश फर्किएको कोलम्बोका विमानस्थलका अधिकारीहरुले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राजापाक्षे विमानस्थलमा उत्रदा उनलाई मन्त्रीहरू र राजनीतिज्ञहरूको समूहले भव्य स्वागत गरेको थियो । यसले श्रीलंकामा उनको राजनीतिक प्रभाव यथावत रहेको संकेत गरेको छ । विमानस्थलमा उत्रने वित्तिकै उनलाई माला लगाएर स्वागत गरिएको थियो ।
राजधानी कोलम्बोको राष्ट्रपति भवन र अन्य धेरै सरकारी कार्यलयमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स पुगेका उनी त्यहाँबाट सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।










रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
आजको विदेशी मुद्राको विनिमयदर : डलर र युराे बढ्याे
तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
प्रतिक्रिया