शनिबार, फागुन ९, २०८२

नुवाकोट १ बाट रामशरण र प्रकाश शरणको नाम सिफारिस

अर्जुननरसिंह केसीको नाम नुवाकोट क्षेत्र नम्बर २ बाट समानुपातिकमा सिफारिस

मेरोन्यूज २०७९ भदौ १८ गते १२:०४

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीको नाम नुवाकोट क्षेत्र नम्बर २ बाट समानुपातिकमा सिफारिस भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

केसीको नाम एकल पठाइएपछि नुवाकोटका नेताहरू भने असन्तुष्ट बनेका छन् । केसीले प्रत्यक्ष चुनाव लड्न चाहे पनि एकतर्फी रुपमा समानुपातिकमा सिफारिस गरिएको भन्दै असहमति प्रकट गरेका छन् ।

नुवाकोट(२ बाट प्रत्यक्षतर्फ डा. रामशरण महत, बहादुरसिंह लामा (केन्द्रीय सदस्य, हाल समानुपातिक सांसद), लालिमाया तामाङ र राज्यलक्ष्मी श्रेष्ठ (दुवै महिला महासमिति सदस्य) सिफारिस भएका हुन् ।

नुवाकोट क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ भने रामशरण र प्रकाश शरण महत दाजुभाइ सिफारिस भएका छन् । डा. रामशरण महतको समानुपातिकमा पनि १ नम्बरमा नाम सिफारिस गरिएको छ । उनीसँगै डा. केदानरसिंह केसी, कृष्णबहादुर लामा, प्रकाश गोतामे र सीता मिजारको नाम पनि समानुपातिकमा सिफारिस भएको छ ।

प्रतिक्रिया