कुलमानलाई हरिवंश आचार्यले दिए शुभकामना, भने : राम्रो मान्छे लैजाँदै छन् भन्ने सुनेको छु

काठमाडौँ । वरिष्ठ कलाकार हरिवंश आचार्यले सरकारले विद्युतीय सवारी साधनबाहेकका सवारी साधन आयात गर्न नपाउने नियम अवलम्बन गर्नु पर्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले विद्युतीय सवारीको भन्सार घटे कर्मचारीहरूलाई तलब दिने पैसा हुँदैन भन्ने सोचेर सरकारले विद्यतीय सवारीको कर बढाइरहेको आरोप लगाए । उनले विद्युतीय सवारी साधनको कर बढाउँदा आफूले विद्युतीय सवारी चढ्न नपाएको गुनासो गरेका थिए ।
वरिष्ठ कलाकार आचार्यले सरकारले विद्युतीय गाडीको भन्सार घटाइ डिजेल र पेट्रोलको खपतलाई कम गर्न आवश्यक रहेको बताएका थिए । उनले देश विकासका लागि सरकारले दीर्घ कालीन योजना बनाउन आवश्यक रहेको समेत बताएका थिए ।
‘बिजुली गाडीको कुरा आयो, बिजुली गाडीको कुरा आउँदा मलाई पनि बीवाईडी गाडीले ब्राण्ड एम्बास्डर बनाएको छ, मैले एउटा बिजुली गाडी चढ्ने सपना बनाएको थिएँ, त्यो सपनाका लागि केही रकम मैले बुझाइ पनि सकेको छु र केही रकम सहुलियत पनि दिने वाचा गर्नु भएको छ,’ उनले भने, ‘तर बजेट भाषणले गर्दा मैले जुन चढ्न पाउने सपना थियो, बिजुलीको त्यो गाडी अहिले आइरहेको छैन ।’
उनले पछिल्लो समय विद्युतको माध्यमबाट नेपालमा शुभ संकेत देखिएको भन्दै बिजुलीको विकाससँगै नेपालको औद्योगिक विकास पनि शुरु हुने विश्वास पलाएको बताएका थिए । उनले देशको विकासका लागि विद्युतको व्यपारबाहेक अन्य विकल्प नरहेको भन्दै ठूला जलविद्युत बनाउनु हुँदैन भन्ने कुराको भ्रममा नपर्न आग्रह गरे ।
फरक प्रशंगमा उनले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्राधिकरणमा पुनः नियुक्ति गर्दा अहिले नेपालले विद्युत व्यापार गरिरहेको र उनको काम प्रशंसा योग्य रहेको बताए । उनले विद्युतको क्षेत्रमा भएको उपलब्धि घिसिङका कारण सम्भव भएको दाबी गर्दै राम्रो व्यक्तिलाई सबैले आफूतिर लैजाने गरेको बताए ।
कलाकार आचार्यले नेकपा माओवादी केन्द्रले काठमाडौँबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको भन्दै शुभकामना दिए ।
‘कुलमान सरलाई विद्युत प्राधिकरणमा पुनः नियुक्ति गर्नु पर्छ भनेर फेसबुकमै स्टाटस लेखेर राखेका थियौँ, त्यसमा यति धेरै फिडब्याक आयो, उहाँ जस्तो मानिस चाहिन्छ भनेर,’ उनले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन्, लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले, उहाँलाई शुभकामना ।’
कलाकार आचार्यले दशौं लाख युवाहरूलाई हामीले विदेशमा निर्यात गरेर आएको रेमिटेन्सबाट देशको अर्थतन्त्र अघि बढाउने परिपाटीको अन्त्य हुन आवश्यक रहेको बताए ।
















अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकासँग वार्तालाई अघि बढाउन ’फ्रेमवर्क’ तयार पार्दै इरान
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया