बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु

काठमाडौँ । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर १७ जनाको मृत्यु भएको छ ।
सरकारी प्रसारण संस्था अल इण्डिया रेडियोका अनुसार बितेका २४ घण्टामा राज्यका छ वटा जिल्लामा मेघ गर्जन र चट्याङसहित भारी वर्षा भएको तथा खेतमा काम गरिरहेका किसानको चट्याङ लागेर मृत्यु भएको हो ।
राज्यको गया जिल्लामा तीन जना बालबालिकासहित पाँच जना तथा भोजपुर, औरङ्गबाद, जेहेनाबाद, कैमुर र रोहतास जिल्लामा १२ जनाले ज्यान गुमाएका अल इण्डिया रेडियोले जनाएको छ । गत जुन र जुलाईमा बिहार राज्यमा चट्याङ लागेर ६० जनाको मृत्यु भएको थियो ।
प्रत्येक वर्ष वर्षायाममा चट्याङ लागेर सयौँको ज्यान जाने गरेको छ । आगामी पाँच दिनसम्म उत्तरपूर्वी भारत र बिहार, झारखण्ड तथा सिक्किमसहित पश्चिम बङ्गालको पहाडी क्षेत्र भीषण वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेको छ ।
यसैबीच, बिहारका मुख्यमन्त्री नीतिशकुमारले चट्याङ लागेर ज्यान गुमाएकाहरूका परिवारजनप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई भारू चार लाख राहत स्वरुप उपलब्ध गराइने घोषणा गरेका छन् ।
उनले प्रतिकूल मौसममा सतर्क रहन तथा विपद् व्यवस्थापन विभागले जारी गरेका सुझाव पालना गर्न सर्वसाधारणलाई आग्रह गरे ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया