एक खेलअघि नै नेपाललाई उपाधि, १६ रनले केन्या पराजित

काठमाडौँ । नेपालले एक खेल खेल्न बाँकी हुँदा नै केन्याविरुद्धको सिरिज जितेको छ । एक दिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले केन्यालाई १६ रनले पराजित गर्दै उपाधि जितेको हो ।
नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको केन्याले ४६.३ ओभर खेल्दै अलआउट भएको थियो । केन्याले राखेप पटेलको ८४ रनको योगदानमा २१४ रन बनाउन सकेको हो ।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले ४९.२ ओभर खेल्दै २३० रन बनाएर अलआउट भएको थियो ।
नेपालका लागि कप्तान पौडेलले सर्वाधिक ७८ रन बनाए । यसैगरी देव खनालले ३७, सोमपाल कामीले २६ र ज्ञानेन्द्र मल्लले २५ रन बनाएका थिए ।
बलिङतर्फ नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ र सोमपाल कामीले ३ विकेट लिए । यस्तै, करण केसी, पावन सराफ र मोहम्मद आदिल अलामले समान १-१ विकेट लिए ।
यसैगरी, केन्याका लागि नेहमिह ओडिएम्बो, शेम गोचे र भिराज पटेलले २-२ विकेट लिएका थिए । ब्याटिङतर्फ राखेप पटेलले सर्वाधिक ८४ रनको योगदान गरे ।
यसअघि पौडेलकै कप्तानीमा नेपालले केन्यालाई सात विकेटले पराजित गरेको थियो । शुक्रबार भएको पहिलो एक दिवसीय खेलमा नेपाल विजयी भएको थियो । आजको खेल जितेसँगै नेपालले एक खेलअगाडि नै सिरिज हात पारेको छ ।
तीन खेलको एक दिवसीय सिरिजमा नेपालले लगातार दुई खेलमा जित हात पारेको हो । अर्को खेल साेमबार हुने छ ।
यस्तै, केन्यामै भएको टी २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपाल ३-२ ले विजयी हुँदै सिरिज हात पारेको थियो ।
















दासत्व पीडितहरूको स्मृति दिवस आज
बुधवारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पश्चिमी वायु सक्रिय, केही स्थानमा चट्याङसहित वर्षा हुने
चैत ११ गते बुधबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
ग्लोबल आइएमई बैंक र तिलगंगा आँखा प्रतिष्ठानबिच सहकार्य : मोतिबिन्दुको निःशुल्क शल्यक्रिया गरिने
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
रविको मुद्दा फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
सिंहदरबारकाे सुरक्षा प्रवन्धबारे गृहमन्त्रालयमा छलफल
प्रतिक्रिया