आइतबार, फागुन १०, २०८२

बाबुरामलाई चुनाव जित्न गोविन्द केसीको शुभकामना

मेरोन्यूज २०७९ भदौ १८ गते १९:३९

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा भेट भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

भेटमा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृति रविसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

भेटका क्रममा डा. केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा. भट्टराईले जनाए । उनले त्यसका लागि डा. केसीप्रति आभार प्रकट गरेका छन् । उनले डा. केसीलाई नेपाली गान्धी भनेर प्रशंसा गरे ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले आसन्न निर्वाचन गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने तयारीमा छन् ।

प्रतिक्रिया