आइतबार, फागुन १०, २०८२

डा. आरजु राणा बागलुङ क्षेत्र नं २ बाट सिफारिस

मेरोन्यूज २०७९ भदौ १८ गते २०:१३

काठमाडौँ । नेपाली कांग्रेस बागलुङले बागलुङ क्षेत्र नं २ बाट प्रधानमन्त्री पत्नी डा. आरजु राणा देउवासहित १० जनाको नाम सिफारिस गरेर पठाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ को आज बसेको बैठकले डा. राणा देउवासहित नेपाली कांग्रेस सभापति जीत शेरचन, गणेश शेरचन, टेकराज पौडेल, देवीप्रकाश भट्टचन, दोर्णकुमार कुँवर, नरबहादुर पुन निरज, रामप्रसाद आचार्य, डा शान्तराज आचार्य र सिंहबहादुर राणाको नाम सिफारिस गरिएको बागलुङ क्षेत्र नं २ का क्षेत्रीय सभापति जोकलाल बुढाले जानकारी दिए ।

बुढाका अनुसार बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेस बलियो संगठन रहेको भन्दै गठबन्धमा भागबण्डा मिलाउँदा उक्त क्षेत्र कांग्रेसले पाउनु पर्ने बताए ।

प्रतिक्रिया