झापामा प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन सुरु

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरुङले धामीझाँक्रीमा वर्ग, लिङ्गजस्ता कुनै पनि किसिमको विभेद् नहुने बताएका छन् ।
धामीझाँक्री समाजको अभिन्न अङ्ग भएको भन्दै उनले धामीझाँक्रीलाई समाजमा अझै पनि उच्च स्थानमा राख्ने गरिएको बताए ।
नेपाल राष्ट्रिय धामी वैद्य सङ्घद्वारा आज झापाको विर्तामोडमा आयोजित प्रथम राष्ट्रिय धामीझाँक्री सम्मेलन तथा ‘नेपाली धामीझाँक्री संस्कृति तथा परम्परागत उपचार पद्धति’ विषयक पुस्तक लोकार्पण कार्यक्रममा गुरुङले धामीझाँक्रीलाई हेयका दृष्टिले हेर्न नहुने धारणा राखे ।
झाँक्रीविद् एवं पुस्तकका परिकल्पनाकार भोलानाथ बाँस्तोलाको अनुसन्धान, निर्देशन र प्रकाशनमा प्रकाशित पुस्तकमा २० जना धामीझाँक्रीको अनुभव समेटिएको छ ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृतिविद् डा. भक्त राईले धामीझाँक्री परम्परा र विज्ञान, नेपाल संस्कृत विश्वविद्यालयका तन्त्रविद् डा. माधवप्रसाद लामिछानेले धामीझाँक्री परम्परासँग वैदिक र तान्त्रिक सिद्धान्तको अन्तर सम्बन्ध, पुस्तकका सम्पादक सापकोटाले बलि परम्परा, पञ्चतत्व, पाञ्चायन देवता र तन्त्र र झाँक्रीविद् बाँस्तोलले लोकसंस्कृति र परम्परामा झाँक्रीको स्थान साथै धामीझाँक्रीले चलाउने सामग्रीका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा एक करोड ६० लाखको लागतमा अर्जुनधारा–७ स्थित जरुवामा निर्माण हुने सङ्घको भवनसहित सङ्ग्रहालय र गुफा घरको गुरुयोजनासमेत सार्वजनिक गरिएको थियो । सो समारोहमा गुरु डिल्लीराम आचार्य, छविलाल रसाइली, डिल्लीराम बाँस्कोटा, खडानन्द अधिकारी, गोगलाल राजवंशी, दलबहादुर लक्सम, बाबुलाल दनुवार, मीनकुमार दनुवारले झाँकी र मुकुट प्रदर्शन गर्नुभएको थियो । सम्मेलनमा झापासहित ताप्लेजुङ, इलाम, मोरङ र धनकुटा गरी पाँच जिल्लाका धामीझाँक्री सहभागी भएका थिए ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
प्रतिक्रिया