आइतबार, फागुन १०, २०८२

एमाले खोटाङ प्रदेशसभा ‘ख’मा दंगाल र ‘क’मा चारको दाबी

मेरोन्यूज २०७९ भदौ १८ गते २१:१४

काठमाडौँ । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले खोटाङ उम्मेदवार टुंग्याउने कसरतमा जुटेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबारसम्ममा उम्मेदवार सिफारिसको काम टुंगिने एमाले जिल्ला सचिव कुमार आचार्यले बताए । हालसम्म प्रदेश ‘ख’मा प्रत्यक्षतर्फ रामप्रसाद दंगालको मात्र दाबी परेको छ ।

यस्तै, प्रदेश ‘क’मा प्रत्यक्षतर्फ देवविक्रम राई, सर्वधन राई, लीलानाथ निरौला र अनिसा खनालले दाबी प्रस्तुत गरेका छन् । प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ विशाल भट्टराई, खगेन्द्र राई, उषाकला राई, रमेश पौडेल, पाँचकर्ण (पिके) राई, राजन ढकाल र देवान राईको दाबी रहेको सचिव आचार्यले बताए ।

प्रस्तुत दाबीमाथि ‘सर्टलिष्ट’ गर्दै उम्मेदवार सिफारिस गर्ने एमालेले जनाएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको नाम पनि आइतबार नै टुंग्याइने आचार्यले बताए ।

प्रतिक्रिया