बाइडेन देशकै शत्रु हुन्ः ट्रम्प

न्युयोर्क । विरोधीको कटु आलोचना गर्ने अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्लो समयमा राष्ट्रपति जोन बाइडेनसँग खनिएका छन् । आफ्नो निवासमा संघीय अनुसन्धान व्युरोले छापा मारेपछि त उनी बाइडेनको व्यक्तिगत आलोचनमा उत्रिएका छन् । व्युरोले अगस्ट ८ मा छापा मारेपछि पहिलो पटक सार्वजनिक रूपमा देखा परेका ट्रम्पले आफ्नो निवासमा गरिएको अनुसन्धानलाई ‘न्यायको धोखाधडी’ भन्दै यसले ‘कसैले कहिल्यै नदेखेको परिणाम’ ल्याउने चेतावनी दिए ।
ट्रम्पले भने, ‘अमेरिकी स्वतन्त्रतामाथिको वास्तविक खतराको योभन्दा ज्वलन्त उदाहरण केही हुन सक्दैन, जतिबेला केही साताअघि प्रशासनले शक्तिको चरम दुरुपयोग ग¥यो ।’
ट्रम्पले विल्क्स–ब्यारे सहरमा भएको ¥यालीमा समर्थकहरूलाई भने, ‘कानूनको घोर दुरुपयोगले यसअघि कसैले कहिल्यै नदेखेको प्रतिक्रिया ल्याउन लागिरहेको छ ।’
ट्रम्पले यस हप्ता राष्ट्रपति बाइडेनको भनाईको पनि चर्को आलोचना गरेका थिए । एक कार्यक्रममा बाइडेनले ट्रम्पप्रति संकेत गर्दै भनेका थिए, ‘पूर्ववर्ती र रिपब्लिकन समर्थकहरूले हाम्रो गणतन्त्रको जगलाई खतरामा पार्ने अतिवादको प्रतिनिधित्व गर्छन् ।’
ट्रम्पले भने, ‘ अहिलेसम्मकै राष्ट्रपतिमध्ये बाइडेनले सबैभन्दा खराब, घृणित र विभाजनकारी भाषण दिए ।’ । बाइडेन देशकै शत्रु भएको उनले संगीन आरोप लगाए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया