आइतबार, फागुन १०, २०८२

सात दिनभित्र कर तिर्न क्यासिनोलाई काठमाडौँ महानगरको निर्देशन

मेरोन्यूज २०७९ भदौ १९ गते १६:४७

काठमाडौँ । काठमाडौँ महानगरले सात वटा क्यासिनोलाई कर तिर्न पत्र पठाएको छ । महानगरले एक साताभित्र मनोरञ्जन कर तिर्न ती क्यासिनोलाई पत्र पठाएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

आइतबार पत्र पठाउँदै महानगरले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णका क्यासिनो प्यालेस, हाटल र्‍याडिसनको क्यासिनो र्‍याड, होटल हायातको प्राइड इन्टरनेश्नल एण्ड रिक्रिएशन, हाटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई कर तिर्न भनेको हो ।

प्रदेश आर्थिक ऐनले तोकेको दर रेट र सोको जरिवानसहित ७ दिनभित्र कर नतिरे महानगरको राजश्व ऐनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ ।

सबै कम्यासिनोले प्रतिव्‍यक्ति प्रवेशबापत नै ५० रुपैयाँ कर महानगरलाई दिनु पर्ने हुन्छ । बागमती प्रदेशको आर्थिक ऐनअनुसार उठेको राजस्वको ६० प्रतिशत महानगरले पाउने व्यवस्था रहेको छ ।

प्रतिक्रिया