नेपाल आइपुगे भारतीय स्थल सेनाध्यक्ष पाण्डे, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाण्डे नेपाल आइपुगेका छन् । आइतबार अपराह्न ४ बजे उनी नेपाल अवतरण गरेका हुन् । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी ११ सदस्यीय भ्रमण दलका साथ नेपाल आएका हुन् ।
जनरल पाण्डेसहित उनकी श्रीमती अर्चना, मेजर जनरल अनिल चन्द, मुकेश शर्मा, मन्दिप सिंहलगायत ११ जना नेपाल आएका छन् । उनीहरूलाई नेपाली सेनाका रथी बालकृष्ण कार्कीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।
पाँच दिनको भ्रमणका लागि नेपाल आएका जनरल पाण्डेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गर्ने सैनिक जनसम्र्पक तथा सूचना निर्देशालयले जनाएको छ ।
यसैगरी उनले प्रधानसेनापति शर्मासँग भेटघाट एवं छलफल, भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप प्रदान हुने विविध सामग्रीको हस्तान्तरण कार्यक्रमलगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया र मध्य कमाण्ड हेडक्वाटरको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणको मुख्य अंशको रुपमा रहेको नेपाली सेना र भारतीय सेना बीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने छन् । जनरल पाण्डेले भ्रमणको दौरान प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्ने कार्यक्रमसमेत रहेको निर्देशनालयले जनाएको छ ।

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
बेलायतका पूर्व राजकुमार एन्ड्रयु पक्राउ
प्रतिक्रिया