लचिलो र गुणस्तरमा मंगलमको एचडीपीई पाइप

काठमाडौँ । पछिल्लो समय उपलब्ध भएकामध्ये उपयोग र कामको प्रकारका आधारमा बजारमा विभिन्न खालका पाइपहरू उपलब्ध छन् । तीमध्ये एचडीपीई पाइप पनि एक हो ।
एचडीपीई (हाई डेन्सिटी पोलिइथाईलीन पाइप) प्लास्टिक पोलिमरबाट बनाइने एक प्रकारको लचिलो एवम बलियो प्लास्टिक पाइप हो । यसै कारणले यो पाइप भूमिगत प्रयोजनमा, त्यसमा पनि सिँचाइ प्रणालीको लागि बढी प्रयोग गरिन्छ ।
अन्य प्लास्टिकको पाइपको तुलनामा बाहिरी तापक्रमले (८० डिग्री सेन्टिग्रेड सम्म) असर नगर्ने भएकाले अप्टिकल फाइबर बिछयाउन पनि यसको प्रयोग गर्न सकिन्छ । यसको साथै उच्च चाप सहन सक्ने भएकाले यी पाइपहरु ढल निकासको लागि पनि प्रयोग गरिन्छन् ।
उच्च गुणस्तरीय कच्चा पदार्थ र अत्याधुनिक प्रविधिको प्रयोग गरेर बनाइने हुनाले यो पाइप लामो समयसम्म टिक्छ । विभिन्न पोलीईथाईलिन फिटिंग सिस्टममा उपलब्ध यी पाइपहरुको जडान प्रकृया अत्यन्तै सजिलोे हुनुको साथै चुहावटको समस्या पनि हुँदैन ।
अन्तराष्ट्रिय स्तरको प्लान्ट, जर्मन टेक्नोलोजी र जापानी कच्चा पदार्थ प्रयोग गरी उत्पादन हुने यो पाइपसँगै मंगलम पाइप्सले अरु थुप्रै प्रयोजनको लागि हुने गरी ८ ओटा फरक फरक पाइप उत्पादन गर्दै आएको छ ।
अरु पाइपको तुलनामा गुणस्तरीय, टिकाउ, वातावरण मैत्री र सुपथ मुल्यमा पाउने हुँदा बजारमा यसको आफ्नो छुट्टै स्थान रहेको छ । मंगलमको एचडीपीई पाइपहरू आईएसओ ९००१ः२०१५ साथै नेपाल गुणस्तर (एनएस) प्रमाणित छन् ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
प्रतिक्रिया