फ्रान्सेली संसदीय टोली आज नेपाल आउँदै

काठमाडौं । फ्रान्सेली संसदमा रहेको फ्रान्स–नेपाल अन्तर संसदीय मैत्री समूहका सभापति ड्यानियल साल्मोन र सदस्य एन क्याथरिन लोइसियर आज नेपाल आउँदै छन् ।
नेपाल–फ्रान्स अन्तर संसदीय समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको निमन्त्रणमा उनीहरु नेपाल आउन लागेको काठमाडौंस्थित फ्रान्सेली दूतावासले जनाएको छ ।
नेपाल–फ्रान्स सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले फ्रान्सेली संसदीय टोली नेपाल आउन लागेको दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुले भदौ २० गतेदेखि २५ गतेसम्म नेपालको भ्रमण गर्नेछन् ।
नेपाल भ्रमणका बेला उनीहरुले माधवकुमार नेपालको अलवा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।
उनीहरुले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा.नारायण खड्का लगायतसँग समेत भेटवार्ता गर्ने दूतावासले जनाएको छ ।

















HoR elections: 20k publicity materials violating code of conduct removed
एमाले-कांग्रेस परित्याग गरेकालाई प्रचण्डले भित्र्याए
11 days to HoR elections: Voter education program continues in 6,743 wards
दुई पाडीबाट आचार्यले थालेको भैँसीपालन व्यावसायिकतातर्फ
जिल्ला प्रशासन कार्यालयकाे गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
प्रतिक्रिया